२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन ९अशोक० ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरेका छन् । सचिव पदमा लालप्रसाद देवकोटा ९एलपी० १८६ मतसहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा ९सुवास०ले ७१ मत प्राप्त गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij