Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने


  • 1.1K
    Shares

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
    images

    काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । 

    एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा रहेको जनाएका छन् ।

    अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न एमालेले आयोगलाई आग्रह गर्ने भएको छ । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ ।

    एमालेले भनेको छ, ‘मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने’। 

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १४:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij