Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राप्रपा छोडेका धवलशम्सेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

राप्रपा छोडेका धवलशम्सेरले गरे नयाँ पार्टी खोल्ने घोषणा


  • 1.0K
    Shares

    राप्रपा छोडेका धवलशम्सेरले गरे नयाँ पार्टी खोल्ने  घोषणा
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् । 

    पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए । 

    नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ुराजासहितको प्रजातन्त्रु हुने स्पष्ट पारे । उनले भने, ुमैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।

    नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । ुमहाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन,ु उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।

    राणाका अनुसार नयाँ पार्टीका मुख्य विशेषता र एजेन्डाहरू:

    राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र
    युवा र महिलाको नेतृत्व
    सुशासन र रोजगारी
     दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ(संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् ुबलियो राष्ट्रवादी शक्तिु निर्माण गर्ने ।

    images
    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १४:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij