२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको छ । नेपाल एसबिआई बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ८, स्थित, श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको हो ।
उक्त सामाग्रीहरु बैंककी कोशी प्रदेश प्रमुख, दमयन्ती जोशीले सेतो गुराँस नमुना बालबाटिकाकी प्रधानाध्यापक, लक्ष्मी चौधरीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ११० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेतको उपस्थिति रहेको थियो ।
बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij