Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

निर्वाचनभित्रको षड्यन्त्र अन्य दलले ठम्याउन सकेनन्: केपी शर्मा ओली

निर्वाचनभित्रको षड्यन्त्र अन्य दलले ठम्याउन सकेनन्: केपी शर्मा ओली


  • 960
    Shares

    निर्वाचनभित्रको षड्यन्त्र अन्य दलले ठम्याउन सकेनन्: केपी शर्मा ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले देशमा निर्वाचनको बहानामा भइरहेको ठूलो राजनीतिक षड्यन्त्रलाई अन्य राजनीतिक दलहरूले बुझ्न नसकेको बताएका छन्। 

    निर्वाचन र स्वास्थ्य लाभपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका ओलीले बबरमहलमा आयोजित एमालेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्। सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने, देशमा कस्तो प्रकारको राजनीतिक घेराबन्दी र षड्यन्त्र भइरहेको छ भन्ने कुरा अन्य दलहरूलाई पत्तै छैन। उनीहरू पृष्ठभूमिमा भइरहेका खेलहरू नबुझी केवल चुनाव-चुनावु मात्र भनिरहेका छन्।

    उनले एमालेमाथि प्रहार गर्न र देशको सार्वभौमिकतालाई कमजोर बनाउन भइरहेका कूटनीतिक र आन्तरिक खेलहरूप्रति पार्टी कार्यकर्ताहरू सचेत हुनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष ओलीले एमाले सधैं निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै देशको लोकतन्त्र र राष्ट्रियतालाई नै संकटमा पार्ने गरी बुनिएका जालझेलहरूलाई चिर्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन्। 

    पार्टीको संगठन विभागद्वारा आयोजित दुईदिने कार्यशालामा उनले पार्टी सुदृढीकरण र सदस्यता विस्तारमा होमिन नेता(कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन्।  

    images
    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १३:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij