Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

लुम्बिनी सरकारमा एमालेका ४ नयाँ मन्त्री (नामावलीसहित)

लुम्बिनी सरकारमा एमालेका ४ नयाँ मन्त्री (नामावलीसहित)


  • 1.4K
    Shares

    लुम्बिनी सरकारमा एमालेका ४ नयाँ मन्त्री (नामावलीसहित)
    images

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएलगत्तै पार्टीले नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। एमाले प्रदेश संसदीय दलका अनुसार, धेरै पटक सांसद भएर पनि मन्त्री बन्न नपाएका र दोस्रो पटक निर्वाचित भएका सांसदहरूलाई यस पटक मन्त्रीमण्डलमा प्राथमिकता दिइएको छ।

    एमालेबाट मन्त्री बन्ने नयाँ अनुहारहरू डिल्लीराज भुसाल (गुल्मी), रामजी घिमिरे (अर्घाखाँची), तुलसीप्रसाद चौधरी (रूपन्देही), र  रत्न खत्री (बाँके) का रहेका  छन्।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। हाल एमालेबाट सरकारमा सहभागी भएका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् । 

    प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ। उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ। 

    images
    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १२:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij