२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ।
आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार बागमती र मधेस प्रदेशका केही जिल्लामा निर्वाचनसम्बन्धी विवाद तथा उजुरीहरू आएपछि छानबिनबाट अन्तिम निर्णय नहुँदासम्म जारी तथा प्रस्तावित सबै अधिवेशन प्रक्रिया रोकिएको हो।
बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरूमा निर्वाचन प्रक्रिया स्थगन गरिएको छ।
मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरूमा निर्वाचन प्रक्रिया स्थगन गरिएको छ।
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन् । सर्लाही जिल्लाका हरिपूर्वा नगरपालिकामा स्थगित भएको छ ।
यी स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले यी क्षेत्रहरूमा निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij