Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

चित्लाङबाट सुरु भयो ‘आ बाट आमा २’को छायांकन

चित्लाङबाट सुरु भयो ‘आ बाट आमा २’को छायांकन


  • 1.8K
    Shares

    चित्लाङबाट सुरु भयो ‘आ बाट आमा २’को छायांकन
    images

    काठमाडौं । चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो ।

    चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन् । पन्तले चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ ।

    एक महिनाको कार्यतालिका राखेर छायांकन थालिएको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ।

    चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । आगामी दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

    आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल हो ।  

     

    images
    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १३:५१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij