Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै


  • 8.2K
    Shares

    चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै

    काठमाडौँ । चीन सरकारले अनुदान दिएको १० लाखमध्ये ८ लाख डोज खोप आज नेपाल आइपुग्दै छ ।

    सोमबार राति ११ बजे चीनको राजधानी बेइजिङ उडेको नेपाल वायु सेवा निगमको विमानले कोरोनाविरुद्ध चिनियाँ खोपका ८ लाख डोज आज दिउँसो त्रिभुवन विमानस्थल ल्‍याइपुर्‍याउने भएको हो।  खोप लिएर विमान आज दिउँसो साढे २ बजेतिर आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधपछि चीनका राष्ट्रपति सी चिनफिङले सहयोग गर्ने घोषणा गरेको १० लाख डोज खोपमध्ये अहिले ८ लाख डोज ल्याइने भएको हो।

    यसअघि पनि चीनले नेपाललाई खोप, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पनि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

    यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि  हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - ०७:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij