Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेसले गठन गर्‍यो संसदीय दल कार्यसमिति, प्रमुखमा भीष्मराज आङ्देम्बे

कांग्रेसले गठन गर्‍यो संसदीय दल कार्यसमिति, प्रमुखमा भीष्मराज आङ्देम्बे


  • 1.0K
    Shares

    कांग्रेसले गठन गर्‍यो संसदीय दल कार्यसमिति, प्रमुखमा भीष्मराज आङ्देम्बे
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरी पदाधिकारी तथा सदस्यहरू मनोनीत गरेको छ। संसदीय दलको बैठक र सदनमा पार्टीको भूमिकालाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन कार्यसमितिलाई पूर्णता दिइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । 

    गठित कार्यसमितिको प्रमुखमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे चयन भएका छन् । यसैगरी, उपप्रमुखको जिम्मेवारी संसदीय दलका उपनेता अभिषेक प्रताप शाहलाई तोकिएको छ।कार्यसमितिको कोषाध्यक्षमा डा. शाहजान खातुन र सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन्। कुल १२ सदस्यीय रहने कार्यसमितिमा हाल ६ जना सदस्यहरू मनोनीत गरिएको कांग्रेसले जनाएको छ ।

    मनोनीत हुने सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य रहेका छन्। कार्यसमितिका बाँकी २ सदस्यहरू भने पछि मनोनयन गरिने जानकारी दिइएको छ।   

    con1.jpg

    images
    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ११:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij