Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण, टोलीमा को–को छन् ?

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण, टोलीमा को–को छन् ?


  • 2.9K
    Shares

    रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण, टोलीमा को–को छन् ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि जेठ १८ गते भारत भ्रमणमा जाँदैछन् । भाजपाका अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा लामिछाने तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।

    जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्ने लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    रास्वपा स्रोतका अनुसार, लामिछानेको भ्रमण टोलीमा लामिछाने पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् । 

    लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरलगायत अन्य मन्त्रीहरूसँग समेत  भेटवार्ता गर्नेछन् । 

    जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। 

    स्रोतका अनुसार, प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेबीच भ्रमणका विषयमा निरन्तर संवाद भइरहेको छ । प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - २१:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij