२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन् । उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् ।
बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् ।
राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गरेका छन् ।
राप्रपाभित्रै रहेकाहरू कसैसँग व्यक्तिगत वैरभाव नरहेको समेत उल्लेख गरेका छन् ।
उनले देशलाई माया गर्ने, समृद्धिको चाहना राख्ने राष्ट्रवादी र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij