२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच हस्ताक्षर भएको हो ।
झा यसअघि फागुन २१ गतेको निर्वाचनमा रौतहट १ मा नेपाली कांग्रेसको तर्फबाटै उम्मेदवार बनेका थिए । समायोजन सहमति कार्यक्रममा सभापति थापा, झा, कांग्रेस महामन्त्री प्रदीप पौडेललगायत नेताहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij