Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ


  • 25.8K
    Shares

    १० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पर्यटन काज शिक्षकहरुका लागि पनि भएको स्पष्ट पारेका छन् ।

    शिक्षकका पेसागत संघसंस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेका बेला शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गरेका हुन् ।

    मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताएका छन् । उनले भने, ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन् । १० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

    बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १९:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij