Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले

पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले


  • 2.0K
    Shares

    पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले
    images

    काठमाडौं । आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले ‘पार्टी जागरण अभियान’सुरु गरेको छ । नेताहरूलाई भूगोलमा केन्द्रित गर्न यस्तो अभियान सञ्चालन गरिएको हो । 

    खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।

    ‘जिल्ला इन्चार्ज तोकिएका नेताहरुलाईसमेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’

    पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसङ्गठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको हो । 

    केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ । 

    एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।  उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ । 

    नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका मूख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र  भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ । 

    अन्य सचिवहरु छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, ,यमलाल कँडेललाई कर्णाली इन्चार्ज,शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ । 

    images
    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - ०९:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij