Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफलः २०८३ जेठ १५ गते शुक्रवार

आजको राशिफलः २०८३ जेठ १५ गते शुक्रवार


  • 1.0K
    Shares

    आजको राशिफलः २०८३ जेठ १५ गते शुक्रवार
    images

    आज २०८३ जेठ १५ गते शुक्रबार, अधिक जेठ शुक्ल त्रयोदशी, गणतन्त्र दिवस\सगरमाथा दिवस  शक संवत् १९४७, नेपाल संवत् ११४६, May 29, 2026

    मेष : स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

    वृष : उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    मिथुन : मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ । व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

    कर्कट : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

    सिंह :स्वास्थ्यले साथ दिनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर मन अशान्त बन्नसक्छ ।

    कन्या : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

    तुला : दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारमा मेलमिलाप बढ्नेछ ।  

    वृश्चिक : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ ।

    धनु : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्नसक्छ । दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

    मकर : गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

    कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ । मानसिक रुपमा खटपटी बढ्नेछ । मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

    मीन : आज सोचेका काम पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ०४:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij