Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित

सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित


  • 1.2K
    Shares

    सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित
    images

    काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । ७ जना सञ्चालक समितिका सदस्यहरुकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । 

    अध्यक्षका प्रत्यासी परितोष पौड्यालले २ मत पाएको सञ्चालक समिति स्रोतले जनाएको छ । बैंकको जेठ ९ गते सम्पन्न निर्वाचनबाट सात प्रदेशका सात जना सञ्चालक निर्वाचित भएका थिए। 

    सञ्चालक समितिका सदस्यहरूको बहुमतबाट अध्यक्ष चयन गर्ने पछिल्लो पटक संशोधित विनियम अनुसार बिहीबार भएको सञ्चालक समितिको बैठकमा मतदान भएको थियो । मतदानमा उप्रेतीको पक्षमा ५ जना र परितोष पौड्यालको पक्षमा २ जनाले मतदान गरेका थिए ।

    राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक रहेका पौडेल बैंकको अध्यक्ष बन्नका लागि सहकारी बैंकको सञ्चालक बन्न आएका थिए । तीन राजनीतिक दलहरूको सहमतिमा बागमती प्रदेशबाट निर्वाचित पौड्याललाई अध्यक्ष बनाउने सहमति भएको थियो ।   

     

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १७:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij