Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इन्डोनेसियालाई स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा प्रवेश

इन्डोनेसियालाई स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा प्रवेश


  • 1.1K
    Shares

    इन्डोनेसियालाई स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा प्रवेश
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो। 

    एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ। 

    समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ। 

    बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन्। सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्। 

     

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १५:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij