२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन ७ विषयगत उपसमितिहरू गठन गरेको छ ।
बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर उपसमितिहरू तय गरेको हो ।
बैठकले विभिन्न विधाका विज्ञ र प्रभावशाली नेताहरूलाई उपसमितिको संयोजक तोकेको छ । पार्टीको नीति, दृष्टि र योजना उपसमितिको जिम्मेवारी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेललाई दिइएको छ । यो उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी र समग्र वित्तीय क्षेत्रको अध्ययन गर्ने भएको छ । चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजक चयन गरिएको छ ।
जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिको संयोजक महेन्द्र यादव, बाल अधिकार उपसमितिको संयोजक उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह समिति संयोजक गोपालप्रसाद पोखरेल,
गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झालाई तोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij