Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

धरानमा एमाले छोडेर आएका पूर्ववडाध्यक्ष धनबहादुरलाई मेयरमा उठाउने हर्कको घोषणा

धरानमा एमाले छोडेर आएका पूर्ववडाध्यक्ष धनबहादुरलाई मेयरमा उठाउने हर्कको घोषणा


  • 1.8K
    Shares

    धरानमा  एमाले छोडेर आएका पूर्ववडाध्यक्ष धनबहादुरलाई मेयरमा उठाउने हर्कको घोषणा
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय चुनावभन्दा एक वर्षअघि नै धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई उम्मेदवार बनाउने बताएका हुन् ।

    धरान उपमेयरको मेयरमा यसअघि स्वतन्त्र उठेर जितेका साम्पाङले आफ्नो लिगेसीलाई निरन्तरता दिन चाहेका छन् । उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !’

    धनबहादुर एमाले छोडेर श्रम संस्कृति पार्टीमा आएका हुन् । धरानको ४ नम्बर वडामा एमालेबाट वडाध्यक्ष जितेका उनी साम्पाङसँग नजिकिएका थिए । उनी मेयर साम्पाङले चलाएको श्रमदानमा सहभागी भएपछि पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको थियो ।

    साम्पाङले मेयरका अर्का आकांक्षी निना चन्द्रलाई प्रदेशको मन्त्री बनाइदिने आश्वासन दिएका छन् । ‘आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो,’ उनले लेखेका छन् ।

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - ११:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij