Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘लालीबजार’ का केही शब्द नसुन्ने बनाउन उच्च अदालतको आदेश

‘लालीबजार’ का केही शब्द नसुन्ने बनाउन उच्च अदालतको आदेश


  • 1.3K
    Shares

    ‘लालीबजार’ का केही शब्द नसुन्ने बनाउन उच्च अदालतको आदेश
    images

    काठमाडौं । चलचित्र लालीबजारका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको छ । रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो ।

    केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयको बुँदा नम्बर २ मा उल्लेख भएको ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’ भन्नेसम्मका शब्दहरू नसुन्ने बनाउन इजलासले आदेश दिएको हो । सो बमोजिम कार्यान्वयन भए नभएको समितिबाट नियमित अनुगमन गरी सो को कार्यान्वयन हुने प्रबन्ध गर्नू समेत आदेशमा भनिएको छ ।

    अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फिल्म तत्कालका लागि निर्वाध प्रदर्शनको बाटो खुलेको फिल्मका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बताए । फिल्मले वादी समुदायको मर्यादामा आँच पुगेको भन्दै रोशनी वादीले रिट दायर गरेकी थिइन् । यसअघि पनि उच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    उक्त आदेशलाई चुनौती दिँदै रोशनीले सर्वोच्चमा रिट हालेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने निक्र्योल गर्न भन्दै उच्च अदालत पाटनलाई आदेश दिएको थियो ।

    सर्वोच्चको उक्त आदेशअनुसार उच्चमा पुनः सुनुवाइ भएको हो । कानुन व्यवसायी श्रेष्ठका अनुसार उच्च अदालतमा अर्को सुनुवाइको मिति तोकिन बाँकी छ ।

    बुधबार नै सर्वोच्चमा यो फिल्मविरुद्ध नयाँ रिट दायर भएको छ । बसन्ती बादीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीलाई छलफलमा बोलाएको छ ।

    images
    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १९:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij