Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर

क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर


  • 1.0K
    Shares

    क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर
    images

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ ।

    सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ । 

    महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले कोशी प्रदेशमा डा। डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ । त्यसैगरी, लुम्बिनी प्रदेशको कमाण्ड अमरसिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिइएको छ । 

    तोकिएका प्रतिनिधिहरूले प्रदेशका सबै संगठनात्मक संरचनाहरूको प्रयोग गरी सदस्यता अद्यावधिक कार्यको प्रभावकारी अनुगमन गर्नेछन् । बैठकले नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने अन्तिम समयसीमा जेठ २१ गतेसम्मका लागि तय गरेको छ ।

    १४औँ महाधिवेशनका क्रममा छानबिन समितिले आधिकारिकता दिएका सदस्यहरूलाई पुरानो सदस्यता मानेर नवीकरण प्रक्रियामा सामेल गराउन जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णयसमेत भएको छ । यस्तै, विभिन्न राजनीतिक दल त्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धमा देखिएका समस्या समाधान गर्न १३ वटा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । 

    images
    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १५:३३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij