Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमाले सचिवालय बैठक शुरु, साङ्गठनिक कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल

एमाले सचिवालय बैठक शुरु, साङ्गठनिक कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल


  • 883
    Shares

    एमाले सचिवालय बैठक शुरु, साङ्गठनिक कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल
    images

    काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा शुरु भएको छ । बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ । 

    विशेष गरी, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो । बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । 

    बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ । 

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १२:३०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij