Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘जरा उखेल्नेहरूलाई हेरेर बस्दैनौँ, फ्यात्त फालिदिन्छौँ’: बलायर

‘जरा उखेल्नेहरूलाई हेरेर बस्दैनौँ, फ्यात्त फालिदिन्छौँ’: बलायर


  • 995
    Shares

    ‘जरा उखेल्नेहरूलाई हेरेर बस्दैनौँ, फ्यात्त फालिदिन्छौँ’: बलायर
    images

    काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन्। धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिएका छन्।

    सम्बोधनका क्रममा सभापति बलायरले सभापति गगन थापाको नाम नलिई उनीप्रति लक्षित गर्दै कडा व्यङ्ग्य गरेका छन्।

    भेलामा सम्बोधनको क्रममा बलायर निकै आक्रोशित भए। बयलायरले भने, ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। कसैको घमन्डले कांग्रेस चल्दैन’।

    पार्टीभित्र अनुशासनको कुरा गर्दै बलायरले प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी दिएका छन्। ‘जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौँ। हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फ्यात्त फालिदिन्छौँ,’ उनले  भने।

    कांग्रेसका कार्यकर्ताले रगत, पसिना र छोराछोरीको गाँस काटेर पार्टी बचाएको भन्दै उनले नेताहरूलाई पदको लोभ नगर्न सुझाव दिएका छन्। ‘कांग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्छ। 

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १२:२६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij