२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ ।
धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो ।
धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij