Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफल: २०८३ जेठ ९ गते शनिवार

आजको राशिफल: २०८३ जेठ ९ गते शनिवार


  • 1.5K
    Shares

    आजको राशिफल: २०८३ जेठ ९ गते शनिवार
    images

    आजको राशिफल २०८३ जेठ ९ गते शनिवार, अधिक जेठ शुक्ल सप्तमी, युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती,  शक संवत् १९४७, नेपाल, संवत् ११४६, May 23, 2026

    मेष : आजको समय राम्रो छ। आम्दानी हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ।

    वृष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

    मिथुन : दैनिकी राम्रो छ। आज पठनपाठनमा मन जानेछ। हराएको सामान भेट्न सकिन्छ। माया मारेको धन हात लाग्ने दिन छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ।

    कर्कट : दिन सामान्य छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ला। आफन्तबाट अपमानित हुने योग छ। गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

    सिंह : दैनिकी राम्रो छ। प्रगति गर्ने समय आएको छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ। राज्यबाट भयको जोखिम छ।

    कन्या : समय राम्रो छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : दिन राम्रो छ। स्वास्थमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

    वृश्चिक : आज ठूलो काममा हात नलगाउनु उचित हुनेछ। सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    धनु : आर्थिक अवस्था सबल बन्नेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। बोलीको प्रभाव रहनेछ। परिवारको साथ र माया मिल्नेछ।

    मकर : तपाईंलाई सबैले शंकाको दृष्टिले हेर्ने छन्। बोलीमा नम्रता आवश्यक छ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : झैझगडा हुन सक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

    मीन : आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। बोल्दा सोच्नु राम्रो हुन्छ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ।

    images
    प्रकाशित मिति :जेठ ९ २०८३ शनिवार - ०५:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij