२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट निर्वाचित कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै छन्।
पहिलो चरणमा कोसी प्रदेशका रास्वपा सांसदसँग छलफल गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार कोसी प्रदेशका रास्वपा सांसदसँग अहिले बिहान ११ बजे छलफल सुरु हुने भएको छ।
कोसी प्रदेशका सांसदहरूसँगको छलफलपछि सभापति लामिछानेले दिउँसो साढे १ बजे मधेस प्रदेशका सांसदसँग छलफल गर्ने झाले बताएका छन्।
उनका अनुसार बाँकी प्रदेशका सांसदज्यूहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुनेछ। सरकारबारे सांसदको बढ्दो असन्तुष्टि रोक्न सभापति लामिछानेले संवाद गर्न लागेको बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij