२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेले गत फागुनमा भएको संसदीय निर्वाचनको एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ९बादल०लाई दिने भएको छ।
देशभरबाट आएका निर्वाचनसम्बन्धी रिपोर्टका आधारमा एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा बादललाई दिने अध्यक्ष ओलीको प्रस्ताव छ।
उक्त प्रस्ताव अनुमोदन शुक्रबारको बैठकले गर्ने भएको छ। बादल संयोजकत्वको समितिमा विभागीय प्रमुख र सातै प्रदेशका इन्चार्जहरू सदस्य तोकिएका छन्।
सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो। कार्यविभाजनबारे शुक्रबारको बैठकमा निर्णय हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij