Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै


  • 1.2K
    Shares

    संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै
    images

    काठमाडौं । मधेस प्रदेशमा आज जनता समाजवादी पार्टी ९जसपा० नेपालको बैठक बस्न लागेको छ । लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकीकरण भएपछि पहिलो पटक जनकपुरमा संयुक्त बैठक बस्न लागेको हो । 

    जसपा नेपालको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजे बस्न लागेको जसपा नेपालका नेता जितेन्द्र सोनलले बताएका छन् । जसपा नेपाल स्रोतका अनुसार आजको बैठकमा जसपा नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्नेदेखि लिएर मधेस प्रदेशको सरकारको विषयमा कुराकानी हुने भएको छ ।  

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने भएपछि त्यसअघि जसपा नेपालको संयुक्त बैठक बसेर संसदीय दलको नेता चयन गरेर वर्तमान सरकारको बारेमा निर्णय गर्नुपर्ने हुन्छ । जसपा नेपालको हालको संसदीय दलको नेता सरोज यादव (बारा) रहेका छन् भने लोसपा नेपालका संसदीय दलका नेता जैनुल राइन रहेका छन् । 

    एकीकृत पार्टी जसपा नेपालको संसदीय दलको नेता चयन गरेर मधेस प्रदेश सरकारको दावी गर्ने बताइएको छ । हालसम्मको निर्णय अनुसार वर्तमान गठबन्धनका सरकारलाई नै सहयोग गर्ने रहेको छ । 

    images
    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १३:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij