२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिएको घोषणा गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानविरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन् ।
जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
अख्तरले खेलकुद क्षेत्रमा देखिएका विसंगतिविरुद्ध आफूले खेलाडी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताएका छन् ।
उनले आगामी दिनमा पनि नेपालमा क्रिकेटसहित समग्र खेलकुदको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij