Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कार्यविभाजन गर्न गुण्डुमा एमाले बैठक, केन्द्रीय कमिटी बोलाउन रावलको माग

कार्यविभाजन गर्न गुण्डुमा एमाले बैठक, केन्द्रीय कमिटी बोलाउन रावलको माग


  • 1.6K
    Shares

    कार्यविभाजन गर्न गुण्डुमा एमाले बैठक, केन्द्रीय कमिटी बोलाउन रावलको माग
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो ।

    फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ । त्यसबाहेक नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षा पनि बैठकको एजेन्डा बन्न सक्ने नेताहरूको भनाइ छ । 

    गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले अहिलेसम्म नेताहरुको कार्य विभाजन गरेको छैन । त्यस्तै, स्थायी कमिटी, पोलिटब्युरो लगायतका पार्टी कमिटी र विभागहरू समेत बनाएको छैन । 

    एमाले सचिव पदमा अर्यालको स्वास्थ्य अवस्थाका कारण सोमबारको बैठकमा कार्यविभाजन सम्बन्धी छलफल गरेर टुङ्गिन सक्छ । फागुन २१ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शोकमा परेका थिए भने त्यसपछि गिरफ्तार । गिरफ्तारीबाट छुटे लगत्तै पित्तथैलीको शल्यक्रिया गरेर अस्पताल बसेका थिए । जसका कारण एमालेको बैठक बस्न समय लागेको नेताहरूले बताउँदै आएका छन् । 

    यसैबिच एमाले नेता झपटबहादुर रावलले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न भएको अडाइ महिना बित्दा समेत पार्टी पराजयको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका आम नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशङ्का पैदा गरेको रावलको भनाइ छ । 

     

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १४:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij