२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् ।
सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् । यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकुमारी कर्ण सदस्य रहेका थिए ।
उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई सदस्य मनोनयन गरेको सभामुख अर्यालले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij