Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘लालीबजार’ ले साढे ३ करोड कमाउँदा ‘मालती मंगले’ को कति ?

‘लालीबजार’ ले साढे ३ करोड कमाउँदा ‘मालती मंगले’ को कति ?


  • 3.1K
    Shares

    ‘लालीबजार’ ले साढे ३ करोड कमाउँदा ‘मालती मंगले’ को कति ?
    images

    काठमाडौं । वैशाख २५ गते एकसाथ रिलिज भएका तीन नेपाली फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ।

    चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार ‘लालीबजार’ को कमाइ राम्रो देखिन्छ। ‘लालीबजार’ ले जेठ २ गतेसम्म  तीन करोड ४२ लाख ६१ हजार ७७९ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। नौ दिनको अवधिभर यस फिल्मलाई एक लाख १४ हजार ४६८ दर्शकले हेरेका छन्।

    वर्षा राउत र विजय बराल अभिनीत फिल्म ‘मालती मंगले’ ले ४४ लाख ७८ हजार ६०८ रूपैयाँ ग्रस कमाएको छ। जुन अवधिभर फिल्मका १३ हजार ८९० वटा टिकट बिक्री भएका छन्।

    अर्को फिल्म ‘गुरूआमा’ ले २८ लाख ४४ हजार ४५१ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको आठ हजार ९७४ वटा टिकट बिक्री भएका छन्।

    ‘लालीबजार’ र ‘मालती मंगले’ प्रदर्शनअगावै बहिष्कारको चपेटामा परेका थिए। यद्यपि बलियो ‘वर्ड अफ माउथ’ ले ‘लालीबजार’ ले राम्रो पिकअप लिएको देखिन्छ। पहिलो साताभन्दा दोस्रो साताको शनिबार र आइतबार फिल्मको शोसहित दर्शकको संख्या बढेको देखिन्छ। 

    यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ। 

     

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १२:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij