Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समिति बैठक, स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समिति बैठक, स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी


  • 7.0K
    Shares

    • images
    प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समिति बैठक, स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

    उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ ।

    विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् । स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १२:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij