२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् । एक पदाधिकारीले भनेका छन्, ‘केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।’
पदाधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij