Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काँग्रेसको आश्वासनः आदिवासी जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ

काँग्रेसको आश्वासनः आदिवासी जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ


  • 890
    Shares

    काँग्रेसको आश्वासनः आदिवासी जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आदिवासी, जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिवद्धता जनाएको छ । 

    आईतवार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिवद्धता जनाएको हो । उनले नेपालको संविधानले नै आदिवासी जनजातिहरुको प्रतिनिधित्व सवाललाई सुनिश्चित गरेकाले उनीहरुले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि काँग्रेसले संसदभित्र र बाहिर पनि पहल गर्ने बताए। 

    उपसभापति भुसालले काँग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरुको अधिकारको सवाललाई गम्भिरतापूर्वक अघि बढाउने आश्वासनसमेत दिए । 

    उक्त अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरुको मुद्दालाई गम्भिरतापूर्वक अघि बढाउनका लागि राजनीतिक दल र सरकारलाई आफूहरुको अडान र माग राखिएको बताए ।  

    images
    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १६:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij