Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल

प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल


  • 694
    Shares

    प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाएका हुन् ।

    वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उनको भनाई छ । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उनले बताएका छन् । यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताएका छन्।

    राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उनको आरोप छ । उनले संवैधानिक परिषद्लाई पनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताएका छन् । उनका अनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ । 

    उनले नेपाली काँग्रेस अहिले प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताएका छन् । सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाई छ । 

    images
    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १६:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij