Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

महाधिवेशनको तयारी तीव्र पार्दै राप्रपा, कार्यतालिका बनाउन समिति गठन

महाधिवेशनको तयारी तीव्र पार्दै राप्रपा, कार्यतालिका बनाउन समिति गठन


  • 834
    Shares

    महाधिवेशनको तयारी तीव्र पार्दै राप्रपा, कार्यतालिका बनाउन समिति गठन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका निर्माणका लागि समिति गठन गर्ने निर्णय गरेको छ। 

    शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो।

    अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको छ। यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। 

    बैठकमा सातै वटा प्रदेशको समीक्षा बैठकबाट आएका सुझावहरू सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेका थिए र त्यसमाथि पनि छलफल भएको लिङ्देनले जानकारी दिएका छन्।  

     

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १६:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij