Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रेमिट्यान्समा नयाँ रेकर्ड: नौ महिनामै भित्रियो साढे १६ खर्ब

रेमिट्यान्समा नयाँ रेकर्ड: नौ महिनामै भित्रियो साढे १६ खर्ब


  • 2.0K
    Shares

    रेमिट्यान्समा नयाँ रेकर्ड: नौ महिनामै भित्रियो साढे १६ खर्ब
    images

    काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा रेमिटेन्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। 

    नेपाल राष्ट्र बैंकले गत चैत महिनासम्मको तथ्यांकमा आधारित भएर प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, चैत महिनामा मात्रै दुई खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिटेन्स आएको हो। 

    अघिल्लो वर्षको चैत महिनामा भने रेमिटेन्स एक खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ आएको थियो।

    त्यसैगरी, नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

    अघिल्लो वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ। अघिल्लो वर्ष नौ महिनामा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२२ जना थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ थियो।

    images
    प्रकाशित मिति :बैशाख २८ २०८३ सोमवार - २०:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij