२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको चैतसम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको छ।
चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार १६.७१ प्रतिशतले बढेको छ। कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ। कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ।
कम्पनीको शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३.८१ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij