Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने


  • 218
    Shares

    रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । 

    आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो ।

    गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक र कानुनी जानकार नभएकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १२:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij