Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

कांग्रेस बागमती संसदीय दलको बैठकमा सभामुख चयनबारे छलफल

कांग्रेस बागमती संसदीय दलको बैठकमा सभामुख चयनबारे छलफल


  • 211
    Shares

    कांग्रेस बागमती संसदीय दलको बैठकमा सभामुख चयनबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ। 

    सोमबार साँझ ललितपुरमा बसेको बैठकले पार्टी सभापति गगन कुमार थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग छलफल गरेर वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालेको हो । 

    बैठकले प्रशासनक पुर्नसंरचनाको कामलाई निर्णयमा पुर्‍याएर मन्त्रिमण्डल घटाउने निर्णय गरेको छ । उक्त कार्य वैशाख महिनामा टुंग्याउन गरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई जिम्मा दिने बैठकले निर्णय गरेको संसदीय दलका सचिव सांसद मीनकृष्ण महर्जनले जानकारी दिएका छन् । 

    बैठकले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट तथा आयोजना छनोटका लागि निर्वाचन क्षेत्र केन्द्रीत भएर छलफल गर्ने निर्णय गरेको छ । 
     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij