२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पार्टीको स्थायी कमिटि बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बैठकमा लिखित पत्र पठाएका छन् ।
आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेको र बैठकमा पार्टी एकताको सकारात्मक प्रयास भएको एक नेताले बताए ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार बसेको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका थिए ।
‘कमरेड ओलीले बैठकलाई पठाउनुभएको पत्र प्रारम्भमै ईश्वर पोखरेलले वाचन गरेर जानकारी गराउनुभयो । ओलीले पूर्व मान्यता अनुसार प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने र बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij