Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चीनबाट आइतबार २ लाख डोज खोप नेपाल आउने

चीनबाट आइतबार २ लाख डोज खोप नेपाल आउने


  • 9.0K
    Shares

    चीनबाट आइतबार २ लाख डोज खोप नेपाल आउने

    काठमाडौं । चीन सरकारकाले अनुदान स्वरुप दिने भनेको १० लाख डोज खोपमध्ये २ लाख डोज खोप पर्सि ३० तारिखमा नेपाल आउने भएको छ ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दुई लाख डोज खोप तिब्बतबाट आइतवार नेपाल आउने बताएका हुन् । 

    त्यस्तै बाँकी आठ लाख डोज जुुन १ तारिखसम्ममा नेपाल आउने उनले बताएका छन् । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको फोन वार्तापछि चीनले १० लाख डोज खोप अनुदान दिने घोषणा गरेको हो ।

    त्यस्तै थप खोप ल्याउन कूटनीतिक पहल भइरहेका समेत उनले बताएका छन् । त्यसका लागि आगामी १०/१५ दिनभित्र ब्रेक थ्रु हुने उनले बताएका छन् । यसबाहेक उनले २०२१ भित्र नै सबै नागरिकलाई खोप उपलब्ध हुने बताएका छन् ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij