Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

राजनीतिबाट अलग भइन् नेकपा नेतृ पुनम यादव

राजनीतिबाट अलग भइन् नेकपा नेतृ पुनम यादव


  • 211
    Shares

    राजनीतिबाट अलग भइन् नेकपा नेतृ पुनम यादव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पुनम यादवले दलीय राजनीतिबाट टाढा रहने घोषणा गरेकी छन् । 

    लामो समयसम्म नेपालको कम्युनिस्ट राजनीतिमा सक्रिय यादवले आज सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफू तत्कालका लागि दलीय राजनीतिबाट टाढा रहनका लागि बिदा लिइएको जानकारी दिइन् ।

    “नेपाल कम्युनिस्ट पार्टीमा १० वर्षभन्दा बढीको यात्रामा म इमानदार भएर बसे र काम गरेँ, तर अब यो यात्रा आजका दिनबाट विभिन्न कारणले गर्दा टुङ्गिएको छ”, उनले भनेकी छन्, “अबका दिनबाट म कुनै पनि राजनीतिक दल वा समूहमा संलग्न नभई स्वतन्त्र रहेर काम गर्ने घोषणा गर्दछु, यो यात्रामा साथ, माया, हौसला दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ।”

    यादव गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट  रौतहट–३ बाट उम्मेदवार थिइन् । 

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १७:४१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij