Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदै ‘कुम्भ’

नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदै ‘कुम्भ’


  • 519
    Shares

    नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदै ‘कुम्भ’

    काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘कुम्भ’ नेपाली र हिन्दी दुई भाषामा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको  टिजर सार्वजनिक गर्दै फिल्म समेत बुझाउने कोसिस गरेको छ । टिजरमा फिल्मका केही मुख्य अंश समेटिएको छन् ।

    एक्सन–ड्रामामा आधारित फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत अभिनय छ ।

    फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ । सिनेमाको छायाङ्कन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।

    छायाङ्कन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेको फिल्ममा संजय थापाको द्धन्द्व निर्देशन तथा निर्मातामा स्वयं निर्देशक श्रेष्ठ र राजेश साह अनि कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली फिल्म बजारमा स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १६:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij