Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

रास्वपाको नयाँ नीति: उम्मेदवार बन्न 'क्यान्डिडेट क्लब' र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

रास्वपाको नयाँ नीति: उम्मेदवार बन्न 'क्यान्डिडेट क्लब' र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने


  • 666
    Shares

    रास्वपाको नयाँ नीति: उम्मेदवार बन्न 'क्यान्डिडेट क्लब' र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।

    आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । हालै बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो ।

    उक्त समितिको संयोजकमा सह(महामन्त्री विपिनकुमार आचार्य छन् । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार  ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।

    २०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल आगामी २०८४ सालमा पूरा हुँदैछ । यस्तोमा रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १५:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij