Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

दराजको ५.५ बिग समर सेल : ८० प्रतिशतसम्म छुट

दराजको ५.५ बिग समर सेल : ८० प्रतिशतसम्म छुट


  • 540
    Shares

    दराजको ५.५ बिग समर सेल : ८० प्रतिशतसम्म छुट

    काठमाडौं । गर्मीको बढ्दो तापक्रमसँगै नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘५।५ बिग समर सेल’ को घोषणा गरेको छ। वैशाख २१ गते बेलुका ८ बजेदेखि सुरु हुने यो सेल वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। 

    यस अवधिमा ग्राहकले सामान खरिद गर्दा ८० प्रतिशतसम्मको भारी छुट पाउनुका साथै कुल ५५ लाख रुपैयाँ बराबरका सपिङ भौचरहरू समेत प्राप्त गर्न सक्नेछन्। सपिङलाई थप सहज बनाउन दराजले छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरीको सुविधा समेत ल्याएको छ।

    दराजले आफ्ना ग्राहकलाई उत्कृष्ट अनुभव दिन विभिन्न ब्राण्डहरूसँग सहकार्य गरेको छ। जसअन्तर्गत प्लाटिनम पार्टनर पिल्ग्रिम र मारिकोका उत्पादनमा १५ प्रतिशत, गोल्ड पार्टनर ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका सामानमा ६० प्रतिशत तथा सिल्भर पार्टनर र्‍होतो, नुलाइट र एमडब्ल्यूसीका उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। 

    डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ईसेवाका प्रयोगकर्ताहरूका लागि विशेष रश आवर अफर समेत राखिएको छ, जसले किनमेललाई थप किफायती बनाउनेछ। यस पटक दराजले मूल्यको विश्वसनीयताका लागि विशेष प्राइस डिफरेन्स रिफन्डको प्रतिबद्धता जनाएको छ। ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरू यदि नेपालका अन्य अनलाइन प्लेटफर्ममा कम मूल्यमा भेटिएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने घोषणा गरेको छ। 

    समर सेलमा फेसन, स्वास्थ्य तथा सौन्दर्य, इलेक्ट्रोनिक्स, अडियो, फर्निचर र गृह सजावट जस्ता विभिन्न विधाका सामग्रीहरू उपलब्ध छन्। गर्मीका लागि आवश्यक हल्का लुगादेखि घरलाई सितल बनाउने ग्याजेटहरूसम्म आकर्षक मूल्यमा किन्न पाइनेछ। दराजले ग्राहकलाई घरमै बसेर सुरक्षित र सहज रूपमा सपिङ गर्न र ठुलो बचतको अवसर सदुपयोग गर्न आह्वान गरेको छ। सेल सम्बन्धी विस्तृत जानकारी दराजको एप वा आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १४:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij