२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक सुरु भएको छ। बालुवाटारस्थित ओपेरा होटलमा बिहीबार बिहान ८ बजेदेखि बैठक भइरहेको कोइरालाको सचिवालयले जनाएको छ।
बैठकमा निवर्तमान केन्द्रीय सदस्य, सांसद, पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापति, क्षेत्रीय सभापतिहरू सहभागी रहेका छन्।
बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए।
विशेष महाधिवेशन अस्वीकार गरेको खड्का र कोइराला समूह आन्तरिक रुपमा छलफल गरिरहेको छ। विशेष महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनसकेको छैन । एक समूहले अर्को समूहलाई स्वीकार्न नसक्दा पार्टीमा समानान्तर गतिविधि सञ्चालन भइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij