Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस सचेतकमा पदमबहादुर परियार: रोकायाको विदाई, परियारको इन्ट्री

कांग्रेस सचेतकमा पदमबहादुर परियार: रोकायाको विदाई, परियारको इन्ट्री


  • 512
    Shares

    कांग्रेस सचेतकमा पदमबहादुर परियार: रोकायाको विदाई, परियारको इन्ट्री

    काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको राष्ट्रियसभा सचेतकबाट कृष्णबहादुर रोकायलाई हटाएका छन् । उनको स्थानमा आङदेम्बेले पदम परियारलाई नियुक्त गरेका छन् । 

    पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा मनोनयन गरिएको जनाइएको छ ।

    यसअघि राष्ट्रिय सभाको सचेतकमा कृष्णबहादुर रोकाया थिए । उनलाई हटाएर परियारलाई सचेतक बनाइएको हो ।

    आङदेम्बेले आजै राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई नियुक्त गरेका थिए ।

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १६:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij